एकाई २: जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू
पाठ ३: अध्ययन प्रस्तावनाको संरचना
क. अध्ययन प्रस्तावना भनेको के हो?
उत्तर: अध्ययन प्रस्तावना भन्नाले कुनै अनुसन्धान कार्य सुरु गर्नु अघि तयार पारिने एउटा प्रारम्भिक योजना वा रूपरेखालाई जनाउँछ, जसमा अनुसन्धानको उद्देश्य, विधि, क्षेत्र, समय, स्रोत, र अपेक्षित परिणामहरूको संक्षिप्त विवरण दिइन्छ।
यसले अनुसन्धानकर्तालाई आफ्नो अध्ययन स्पष्ट दिशामा अगाडि बढाउन मद्दत गर्छ र अरूलाई पनि सो अध्ययन किन, कसरी, र के विषयमा गरिँदैछ भन्ने जानकारी दिन्छ। अध्ययन प्रस्तावना प्रायः अनुसन्धान सुरु गर्नु अघि शिक्षक, गाइड, वा संस्था समक्ष प्रस्तुत गरिन्छ।
ख. अध्ययन विधिमा के–के कुरा लेख्नुपर्छ?
उत्तर: अध्ययन विधि (Study Methodology) मा अनुसन्धान कसरी गरिने हो भन्ने बारे स्पष्ट रूपमा लेखिन्छ। यसमा प्रयोग गरिने प्रक्रिया, उपकरण, स्रोत, र तरिकाहरूको विवरण हुन्छ।
अध्ययन विधिमा उल्लेख गरिनुपर्ने मुख्य कुरा:
- अनुसन्धानको प्रकार: गुणात्मक , परिणात्मक, वा मिश्रित
- तथ्यांक संकलनको तरिका:
- प्रत्यक्ष अवलोकन
- साक्षात्कार
- प्रश्नावली
- कागजपत्र विश्लेषण
- प्रयोग
- नमूना छनोट विधि: कति जनालाई अध्ययनमा समावेश गरिने हो र कसरी चयन गरिने हो (जस्तै: रैन्डम, उद्देश्यपूर्ण आदि)
- अध्ययन क्षेत्र: अध्ययन कुन स्थान, संस्था वा समूहमा आधारित हुनेछ
- उपकरणहरू: प्रयोग गरिने फारम, प्रश्नपत्र, गाइड आदि
- तथ्यांक विश्लेषणको तरिका:
- संख्यात्मक विश्लेषण (जस्तै: औसत, प्रतिशत)
- गुणात्मक विश्लेषण (वर्णनात्मक व्याख्या)
- समयसीमा: अनुसन्धान कहिले सुरु र समाप्त हुने हो